आज सोमबार पशुपतीनाथको दर्सन गर्नुहोसःरासिफल

 

  • नेपाली पात्रो

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ब्चष्भकखर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ सञ्चय नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम गर्दा आम्दानीका नयाँ स्रोत भने फेला पर्नेछन्। परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह 
न्झष्लष्कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ। तर धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि उठाउन समय लाग्नेछ। तापनि, प्रयत्न गर्दा जिम्मेवारी पाइनेछ र केही काम बन्नेछन्। गरी आएको कामबाट पनि फाइदै हुनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ख्ष्चनयरमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर प्राप्त हुनेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते 
आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु 
शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम बिस्तारै सम्पादन हुनेछन्। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि लाभांश अवश्यै प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले पनि काममा हिम्मत जगाउनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ। महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ९नेपाली पात्रो०

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
एष्कअभककाममा केही समय लागे पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि गरिएको प्रयास व्यर्थ हुन सक्छ। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा सम्भावित संकट भने टार्न सकिनेछ। ने
नेपाली पात्रो 

उपप्रा. लक्ष्मीप्रसाद बराल  फलितज्योतिषाचार्य. ९८४१३५२१६४

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker