Techie IT

ज्यान मा,र्ने धम्कि दिदै दुई सातासम्म बालिका बलात्कार, एक जना पक्रा उ


बला त्कार तथा अपहरण मुद्दामा रौतहटको गुजरा नगरपालिकाका एकजना प क्राउ परेका छन् । गुजरा–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पक्रा उ परेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीको आधारमा फकिरलाई प क्राउ गरिएको हो । फकिरमाथि जब र्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताए ।

पीडित १४ वर्षीया बालिकाको पनि स्वास्थ परिक्षण भैसकेको प्रहरीले जनाएको छ । फकिरले आफ्नै गाउँको १४ वर्षीया बालिकालाई ललाई फकाई तथा विभिन्न धाक धम्की देखाएर भारतको मुजफरपुर मा लगेर दुई सातासम्म राखेर यौनशोषण गरेको पीडित परिवारले बताएको छ । दुई सातापछि गत १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको सीमामा छोडेर फकिर बेपत्ता भएका थिए । विशेष सूचनाको आधारमा फकिरलाई प क्राउ गरि कानुनी का र्वाहीको दायरामा ल्याएको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।


क्याटेगोरी : जीवन शैली, मुख्य समाचार, समाचार, समाज, सूचना प्रबिधि

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस