कोरोनाका कारण १ जनाको गयो ज्यान

पर्सा(पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ति पुरुष उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

ति पुरुषको शुक्रबार बेलुकी ७ बजे मृ त्यु भएको हो । शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पतालले जनाएको छ । साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या १०० नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker