मङ्सिर २२ गते विवाह गर्दै श्वेता

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन्।
मङ्सिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।
उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।
सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् ।
विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ।
यसअघि मङ्सिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।
‘कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजत पटमा डेब्यू भएकी श्वेताको यो दोस्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।