Techie IT

आयुर्वेद स्वास्थ्य केन्द्र अछामद्वारा करिब ६ सयलाइ रोग प्रतिरोधात्मक औषधि वितरण


एकेन्द्र खत्री
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामको कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

कोरोना सङ्क्रमित तथा क्वारेनटाइन तथा होम आइसोलेसनमा बसेका नागरिकहरूलाई रोग प्रतिरोधात्मक औषधि वितरण गर्दै आएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत हालसम्म अछाममा करिब ६ सय जनालाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ ।

कोरोना सङ्क्रमित तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका नागरिकहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका गरी ५ सय ८३ जनालाई औषधि सहित परामर्श दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य खडक बमले जानकारी दिनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रले अश्वगन्धा चूर्ण, च्यवन प्राश अवलेह, गुडुची चूर्ण लगायतका औषधी वितरण गरिरहेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्दै आएको छ ।

यसैविच जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामबाट पहिलो चौमासिकमा साढे १४ सय बढिले सेवा लिएका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र अछाममा पहिलो चौमासिकमा १४ सय ५८ जनाले सेवा लिएका हुन । यो अवधिमा सेवा लिने १४सय ५८ जनामध्ये महिलाको सङ्ख्या बढी रहेको छ ।

४ महिनाको अबधिमा ९ सय ५० जना महिलाले सेवा लिएका छन् भने ५सय ८ जना पुरुषले सेवा लिएका जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र अछामले जानकारी दीएको छ ।

कार्यालयका अनुसार साउनमा १ सय ६९ जनाले सेवा लिएका थिए । यस्तै भदौमा २ सय ६ जनाले, असोजमा ३ सय ५४ जनाले, कार्तिकमा २ सय ७१ जनाले सेवा लिएका थिए भने मंसिरमा ३ सय ३ जना गरी १४ सय ५८ जनाले सेवा लिएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका वैद्य बमले जानकारी दिनुभयो ।

आयुर्वेदिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय आयुर्वेदिक पद्धतिको उपचारमा आकर्षण बढ्दै गएको छ ।

तर अछाम जिल्लामा सदरमुकाम बाहेक अन्य ठाउँमा पनि आयुर्वेदिक केन्द्रले दीने सेवा उपलब्ध गराउनुपर्ने सेवाग्राहीले माग गरेका छन् ।

उपचारको आवश्यकता रहेका बृद्धवृद्धा र बालबालिकालाई सेवाको पहुँचसम्म पु¥याउन ग्रामीण क्षेत्रमा पनि केन्द्रको आवश्यकता रहेको उनीहरुको भनाई छ ।


क्याटेगोरी : जीवन शैली, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस