अछाममा महिला तथा किशोरीहरु प्रजनन् स्वास्थ्य अधिकार बारे अझै जानकार भएनन् (कुराकानी सहित)

अछाममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतनबारे महिला तथा किशोरीहरु यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे जागरुक नभएको पाईएको छ ।

जनचेतनाका अभावले उनिहरु अझैपनि यौन तथा प्रजनन् स्वास्थ्यप्रति जारुक नभएका महिला अधिकारकर्मीले बताएका छन् ।

ग्रामिण भेगका महिला तथा किशोरीहरु प्रजनन् स्वास्थ्य अधिकारका बारेमा जानकार नभएको उनिहरुले बताएका हुन् ।

कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक नेपाल) का प्रमुख कार्यकारी अधिकृत तथा अधिवक्ता अनिता थपलियाले महिला तथा किशोरीहरु यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे जागरुक नभएको बताउनुभयो ।

कुराकानी:अधिवक्ता अनिता थपलिया

अछाममा संचालनमा रहेको कानूनी सहयोग तथा परामर्श केन्द्र(ल्याक नेपाल) का अनुसार नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतनका क्षेत्रमा थुप्रै कानुनहरु बनेका तर बनेका कानुन कार्यान्वयन नहुदा महिला तथा किशोरीहरुलाई विभिन्न समस्या भईरहेका छन् ।

कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक नेपाल) का प्रमुख कार्यकारी अधिकृत तथा अधिवक्ता अनिता थपलियाले आफ्ना अधिकारका बारेमा थाहा पाउदा पनि कानुनि सल्लाहा नपाउदा आफ्नो अधिकारबाट बञ्जीत भएको बताउनुभयो ।

अछाममा ल्याक नेपालले पछिल्लो समय प्रजनन् अधिकार क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker