यौन असन्तुष्टिले स्वास्थ्यमा समस्या गराउँछ

यौन जीवनको प्राकृतिक गुण हो । यौन क्रिया केवल सन्तान उत्पादनका लागि मात्र नभइ शारीरिक आनन्द अनुभव गर्ने, उनीहरू र पति वा प्रेमीप्रति प्रेम र यौनइच्छा व्यक्त गर्ने माध्यम पनि हो । तर यौनले गम्भीर समस्याहरू पनि उत्पन्न गर्छ, जस्तै ः अनिच्छित गर्भ वा स्वास्थ्यमाथि नै खतरा पर्ने यौन प्रसारित संक्रमणहरूको खतरा, बलात्कारको कारण उत्पन्न हुने मानसिक र शारीरिक तनाव आदि ।
सुखद दाम्पत्य जीवनका लागि यौन सम्बन्धबाट दुवैलाई बराबर आनन्द प्राप्त हुनपर्छ । अन्यथा दाम्पत्य जीवन किचलोको शुरुवात ओच्छ्यानबाट शुरु हुन्छ पनि भनिन्छ । यौनेच्छा जीवनको प्राकृतिक कुरा हो । महिलाले पनि पुरुषले जत्ति नै यौनइच्छा र आनन्दको अनुभव गर्न पाउनुपर्छ भन्ने कुरा महिला र पुरुष दुईजनाले नै बुझनु पर्छ । सोही अनुसारको समझदारी पूर्वक व्यवहार गर्नु पर्दछ ।
मानिसहरुमा यौन असन्तुष्टिले घरपरिवार विग्रने मात्र नभै स्वास्थ्यमा पनि समस्या सृजना हुने गर्दछ । यौनमा असन्तुष्ट रहँदा मानिस रिसाउने, झोक्किने वा कचकचे स्वभावको विकास हुने यौन चिकित्सक बताउँछन् ।
यौन सम्बन्ध सुरक्षित हुनुका साथै महिला तथा पुरुष दुबैका लागि सुख तथा आनन्दको अनुभूति दिने पनि हुनुपर्छ । कुनै किसिमको डर, त्रास, पीडा आदि नभैकन आफ्नो इच्छा तथा चाहनाअनुसार तथा सन्तुष्टिको अनुभव गर्नु यौनस्वास्थ्यको महत्त्वपूर्ण अंश हो । यदि यसलाई सुखको अनुभव गर्न सकिएन भने यौन सम्बन्ध एउटा बोझ मात्र बन्न जान्छ, यसबाट सन्तुष्टि होइन बरु पीडा बढ्न जान्छ ।
यौन सम्बन्ध दापत्य जीवनको अथवा महिला र पुरुष बीच हुने सम्बन्धको एउटा महत्त्वपूर्ण अंश भएकाले यसलाई सकेसम्म आनन्दखायी बनाउने प्रयत्न गर्नुपर्छ । पति(पत्नीबीच अथवा प्रेमी(प्रेमिकाबीच अत्यन्तै सुमधुर घनिष्ठ सम्बन्ध आनन्ददायी हुनसक्छ र यसबाट उनीहरूको जीवन पनि सुखमय बन्न जान्छ ।
बढ्दो यौन तृष्णासँगै बिरामीमा चाँडै रिसाउने, झोक्किने वा उत्तेजित हुने स्वभाव हुनसक्छ । जसको रोकथाम तथा उपचारका लागि लक्षणअनुरुप यौन चाहना र उत्तेजना कम गर्ने औषधी दिने गरिन्छ । त्यौ प्रकारको औषधी सेवनले अधिक उत्तेजना हुनेको कम हुने र कम उत्तेजना हुनेको इच्छामा बढोत्तरी हुने चिकित्सकको भनाइ छ ।
उमेरअनुसार यौनप्रति रुचि नहुनु जटिल मानसिक रोग हो । यौन इच्छा कम हुँदा पारिवारिक एवं व्यक्तिगत जीवन निरस हुन्छ, बिरामीहरू डिप्रेसनमा जान्छन् भने दुव्र्यसनमा लाग्ने सम्भावनासमेत हुन्छ, ।
विभिन्न रोगले च्यापेका, डिप्रेसन, एन्जाइटी एवं मानसिक सन्तुलन गुमेर औषधी खाइरहेकाहरूमा पनि यौन आकांक्षा कम हुन्छ । यस्ता बिरामीलाई यौन इच्छा जगाउने औषधी दिनुको विकल्प छैन । यी औषधीको झुमाउने वा लठ्याउने जस्तो असर हुँदैन र तिनले दिनचर्यामा कुनै असर नगर्ने विज्ञको राय छ ।
–विभिन्न पत्रपत्रिकाको सहयोगमा
क्याटेगोरी : जीवन शैली, पत्रपत्रिका


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस