दाम्पत्य जीवनको पूर्णताका लागि यौन

यौनलाई मनोरञ्जनका रुपमा मात्र लिनु गलत हो । यौनले सृष्टिलाई चलायमान राख्ने जिम्मेवारी पनि लिएको छ । त्यसैगरी यौनले दाम्पत्य जीवनलाई पूर्णता दिन्छ । यौनले पति-पत्नीलाई थप निकटता बढाउँछ । यौनले दम्पतीको आपसी सम्बन्ध सुमधुर राख्नुका साथै पारिवारिक मेल गराउँछ ।
यौन आफैमा छाडा होइन । यौन आफैमा लाज लाग्ने कुरा पनि होइन । तर, प्राचिन शास्त्रले यौनजन्य कुरालाई नितान्त व्यक्तिगत कुरा मानेको छ । साथै यस्ता कुराहरुमा गोपनियता अपनाउनुपर्ने सुझाएको छ । यौनका विषयमा विभिन्न भ्रमहरु व्यस्त छन् । जसको कारण यसलाई हाम्रो समाजले भित्र-भित्रै गुम्साएको छ । आफ्नो यौन समस्यालाई मानिसहरुले खुलेर चर्चा गर्न सक्दैनन् । यदी गरि हाले छाडा भएको आरोप लाग्छ । जसले यौनको परिधि अझ संकुचन हुन पुगेको छ ।
दाम्पत्य जीवनमा स्थायित्व वा सुख-समृद्धिका लागि आफ्नो व्यक्तिगत सम्बन्धको पनि ख्याल गर्नुपर्छ अन्यथा, व्यर्थमा अशान्ति, क्रोध एवं विद्रोह उत्पन्न हुन्छ । शरीरमा तनाव भए धेरै रिस उठ्ने, नचाहिँदो आरोप लगाउन मन लाग्ने, अरूको कुरा गर्न मन लाग्छ । यसका साथै गलत कुरा सोच्न पनि मन लाग्ने हुन्छ । यी सबै मस्तिष्कमा तनाव उत्पन्न भएपछि हुन्छ । दम्पती बीच भावनात्मक सम्बन्ध सुमधुर हुनु पर्छ । यसको लागी शारीरिक सम्बन्धको मूख्य भुमिका रहन्छ । एक-अर्कामा हार्नु, पराजय स्वीकार गर्नु नै दाम्पत्य जीवनमा सफलता पाउनु हो।
जब श्रीमानश्रीमतीले आफ्नो व्यावहारिक विचारधारालाई एक-आपसमा आदान-प्रदान गरेर सफलता प्राप्त गर्छन्। एक-अर्कामा सद्भाव र सद्व्यवहार गर्न सिक्नुपर्छ । जसले गर्दा दाम्पत्य जीवन सफल हुनुका साथै सुख-शान्ति पनि मिल्छ ।
क्याटेगोरी : जीवन शैली, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस