कस्ता महिलाबाट पुरुष बढी आकर्षित हुन्छन् ?

एक अध्ययनले महिला तथा पुरुषको सेक्स अपिल तथा कामुकतामा वृद्धि गर्ने केही पक्षहरुको खुलासा गरेको छ । वैज्ञानिक आधारसहितका यी तत्वहरुले कामुकतामा वृद्धि गर्ने र विपरित लिंगीलाई बढि आकर्षित गर्ने शोधकर्ताहरुको दाबी छ ।

महिला तथा पुरुष दुबैको कामुकता वा सेक्स अपिलमा वृद्धि गर्ने तरिका ।

१. रातो पहिरन : सेक्स अपिल बढाउने तत्वहरुमध्ये सबैभन्दा शक्तिशाली तत्व रातो पहिरन हो । अमेरिकाको रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार खासगरी रातो पहिरनमा सजिएका युवतीहरुप्रति तन्नेरीहरु बढि आकर्षित हुन्छन् । रातो पहिरनले महिलाहरुमा कामुकता र सेक्स अपिल बढाएको हुन्छ जुन महिलाहरु स्वयंलाई ज्ञात नहुन सक्छ ।

२. गोलो तथा गुलाबी ओँठ : म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार गोलाकार ओँठ भएका र अझ लाली लगाएका महिलाहरु पुरुषको आकर्षणको केन्द्र बन्दछन् ।

३. कालो तथा खैरो कपाल : कालो तथा खैरो कपालले पनि युवायुवतीमा सेक्स अपिल बढाउने अध्ययनको निष्कर्ष छ । फिक्का रङको कपाल भन्दा कालो खैरो कपाल भएका युवतीमा युवकहरुको आँखा बढि पर्दछ ।

४. लामा पाखुरा : पाखुरा लामो हुनुपनि कामुकतामा वृद्धि हुनु हो । लामा खुट्टा भएका भन्दा लामा पाखुरा भएका युवतीहरुप्रति युवकहरु बढि आकषिर्त हुने गरेका छन् ।

५. मन्द मुस्कान : अट्टहास हाँसो तथा सधै हँसिमजाक गरेर मुख च्यातिरहने भन्दा मन्द मुस्कान छर्ने युवा युवतीप्रति विपरित लिंगीको आकर्षण बढ्छ । एजेन्सी

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker