Techie IT

वर्षा सुरु भएसँगै अछाममा बिपद जोखिम बढ्दो : यस्तो छ तयारी


मनसुन सक्रिय बने पछि अछाममा बिपद सम्बन्धी घटनाको जोखिम पनि बढेको छ ।

खोला नालामा पानिको बहाव बढ्न थालेको छ भने गाउँ ठाउँमा पहिरोको जोखिम समेत बढ्दै गएको छ । मनसुन सुरु भई वर्षा हुन थालेपछि अछामका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।अछाम जिल्लाका विभिन्न बस्ती पनि बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।

सडकका नाममा नदीलाई साँघुरो बनाउने, नदी खोला मिचेर घर बनाउने, अव्यवस्थित सहर विस्तार तथा प्लानिङका नाममा निकास विनाका संरचना निर्माण लगायत कारणले पनि बिपद व्यवस्थापनमा चुनौती थपिएको छ ।

यसै बिच बिपद जोखिमलाई मध्य नजर गर्दै शुक्रवार जिल्ला विपद् व्यवस्थापन समिति अछामको बैठक विभिन्न निर्णयहरू पारित गरेको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद मल्लको अध्यक्षतामा सम्पन्न भएको बैठकले जिल्लामा बिपद जोखिम न्यूनीकरणका लागी विभिन्न सरोकारवालासँग सहकार्य गर्दै प्रतिकार्य तथा व्यवस्थापनमा खटिने निर्णय गरेको छ भने सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको संयोजकत्वमा जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना एवम् मन्सुन् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा परिमार्जन गर्न कार्य दल गठन पनि गरिएको छ ।

बिपद व्यवस्थापनको पूर्व तयारीका बिषयमा आज हामीले अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदा परिमार्जन गर्न कार्य दलका संयोजक रञ्जन प्रसाद तिमिल्सैनासंग कुराकानी गरेका छौ ।

कुराकानी :- रञ्जन प्रसाद तिमिल्सैना


क्याटेगोरी : जीवन शैली, मुख्य समाचार, समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस