Techie IT

तौल कम गर्न खानुस् यी हरिया फलफूल र तरकारी


पछिल्लो समय धेरै मानिसहरु मोटोपनका कारण चिन्तामा हुन्छन् । लाखौं संख्यामा मानिसहरु मोटोपनका कारण विभिन्न प्रकारका रोगको सिकार हुने गरेका छन् । शरीरमा मोटोपन बढ्ने कारण अनियमित खानपान, असन्तुलित जीवनशैली र तनाव आदि हुन् । यस्तो अवस्थामा तौल नियन्त्रण गर्नका लागि सबैभन्दा पहिले डाइट योजनामा बनाउनमा ध्यान दिनुपर्छ ।

तौल कम गर्नका लागि कार्बोहाइड्रेट र चिनी तुरुन्तै कम गर्नुपर्छ । धेरैजसो मानिसहरु आलु, चामल र रोटी खान मन पराउँछन् । जसले गर्दा तौल घट्न मद्दत गर्छ । फास्ड फुड र स्न्याक्स खाने बानीले तौल अत्यधिक छिटो बढाउँछ । त्यसैले यस्ता खानेकुरा खानुभन्दा हरिया सागसब्जी र फलफूल खाने गर्नुपर्छ ।

ब्रोकाउली

तौल घटाउन ब्रोकाउली खाँदा निकै फाइदाजनक हुन्छ । ब्रोकाउली खानामा स्वादिष्ट र पोषक तत्वले भरिएको हुन्छ । यसमा भिटामिन–ए, भिटामिन सी, क्याल्शियम, पोटाशियम, फोलिक एसिड, फाइबर र म्याग्नेशियम जस्ता पोषक तत्वहरु पाइन्छन् । हरेक दिन ब्रोकाउली खाँदा तौल कर्म सहज हुन्छ । यसले मुटु, आँखा र हड्डिहरु मजबुत हुन्छ ।

केल साग

खानामा हरिया सागसब्जीको मात्रा बढाउँदा तौल छिट्टै कम हुन्छ । केल साग हरिया पातहरुले भरिएको हुन्छ । यसमा अन्य तरकारीमा भन्दा धेरै पौष्टिक तत्वहरु पाइन्छ । यसको सेवनले तौल कम गर्न मद्दत मिल्ने र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ । यसले पाचन प्रक्रिया तन्दुरुस्त र मुटु स्वस्थ हुन्छ ।

तरबुजा

फलफूलले तौल कम गर्न सबैभन्दा बढी फाइदाजनक मानिन्छ । तरबुजा खाँदा तौल नियन्त्रण हुन्छ । तरबुजामा कोलेस्ट्रोल र क्यालोरी निकै कम हुन्छ । यसले उच्च रक्तचाप, मुटु, मिर्गौला र आँखालाई स्वस्थ राख्छ ।

लौका

तौल कम गर्नका लागि सबैभन्दा राम्रो उपाय लौकाको सेवन हो । लौकाले पाचन प्रक्रियालाई सहज बनाउँछ । यसले तीव्र गतिमा तौल घटाउँछ । लौकामा भिटामिन, खनिज र फाइबर पाइन्छ ।


क्याटेगोरी : जीवन शैली, रोचक, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस