Techie IT

करोडौँ पाउँदा पनि मेकअप नगरेकी नायिकाको सुन्दरता [ फोटो फिचर]


दमदार प्रस्तुतिका कारण दक्षिण भारतकी अभिनेत्री साई पल्लवी अहिले चर्चित छिन् ।

उनको दर्शकमाझ एक छुट्टै स्थान बनेको छ । उनको केही दिन अगाडी २९ औ जन्मदिन परेको थियो । अभिनेत्री साई पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरूमा अभिनय गरिसकेकी छिन् ।

सन २०१५ मा रिलिज भएको फिल्म प्रेमबाट उनले अभिनयको सुरुवात गरेकी थिइन । त्यसपछि कहिले पनि उनले विगतलाई फर्केर हेर्न परेन । साई पल्लबीको एक विशेषता जसले सबैलाई प्रभावित पारेको छ । उनी जुनसुकै फिल्महरूमा साधारण र कुनै पनि मेकअप बिना देखा पर्छिन्।

आजको समयमा युवतीहरू बिच एक अर्को भन्दा राम्रो देखिने प्रतिस्पर्धा चलिरहेको छ।साई पल्लवी धरै फिल्महरूमा बिना मेकअप अभिनय गर्छिन्। यदि गर्नै परेमा पनि उनी हल्का मेकअपमा देखिन्छिन्। आजसम्मको फिल्महरूमा प्रायजसो उनी बिना मेकअप नै देखिएकी हुन्छिन् ।

साईले एक अन्तर्वार्तामा भनेकी थिइन्, उनको पहिलो फिल्म प्रेमम मा डाइरेक्टरले उनलाई बिना मेकअप अभिनय गर्न प्रोत्साहन गरेका थिए। त्यसपछि डायरेक्टहरुले पनि उनलाई बिना मेकअप अभिनयको लागी प्रोत्साहन गरेका थिए ।

साई भन्छिन् कि उनी फिल्महरूमा मेकअप नगरी उनी जस्तो सबै केटीहरूको आत्मविश्वास बढाउन चाहन्छिन् ।अभिनेत्री साई चर्चामा आउनुको एक विशेष कारण छ, जब उनलाई एक फेयरनेस क्रिमको विज्ञापनमा अभिनयको लागि अफर गरिएको थियो ।

विज्ञापनमा अभिनय गरेको २ करोड दिने अफर गरिएको थियो। उनले उक्त प्रस्तावलाई अस्वीकार गरेकी थिइन्। उनले भनेकी थिइन कि यस्तो विज्ञापनबाट मिलेको पैसाले के नै गर्नु छ र ? अगाडि उनले थपिन, “म घर जान्छु, तीन ओटा रोटी र भात खानेछु । मेरो आवश्यकता धेरै कम छ।”

२०१४ मा उनले टिबिलिसी स्टेट मेडिकल विश्वविद्यालयमा अध्ययन गरिरहेकी थिइन्, सो समयमा निर्देशक अल्फोज पुथरिनले साई पल्लवीलाई फिल्म ‘प्रेमम’मा ‘मलार’को भूमिकाको लागि अफर गरेका थिए । यसै फिल्मबाट उनले साउथको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।

त्यसपछि उनको मलयालम फिल्म ‘काली’ पनि निकै हिट फिल्म बन्यो । साई पल्लवीको अभिनयलाई दर्शकहरुले खुब रुचाए पनि । अभिनेत्री साई पल्लवी एक कुशल डान्सर पनि हुन् ।

पल्लवीले कयौं हिट फिल्महरुमा काम गरिसकेकी छन् । उनी सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै एक्टिभ रहन्छन् ।

पछिल्लो समय उनले लगातार इन्स्टाग्राममा आफ्नो तस्वीरहरु सेयर गरिरहेकी छन् ।

सुन्दरताकी खानि उनले एक अन्तबार्तामा यस्तो बिषयमा खलेर कुरा गरेकी छिन् । उनले मुस्कुराउदै भनिन् । कालो भारतीय रङ हो,’ ‘हामी विदेशीसँग ‘तिमीहरूको छालाको रङ सेतो किन छ ?’ भनेर सोध्न सक्दैनौँ ।


क्याटेगोरी : जीवन शैली, फाेटाे ग्यालरी


प्रतिक्रिया दिनुहोस