बाजुरामा जीप दुर्घटना- ९ जना घाईते ,२ को अवस्था गम्भिर

रमित बि.क.
बाजुराको बुढीगंगा नगरपालिका बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारा जाने क्रममा सादाले खोला भन्ने स्थानमा जीप दुर्घटना भएको छ ।
बिहिबार दिउँसो करिब ३ः४५ बजेको समयमा ५५२ नम्बरको जीप उत ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको त्रिबेणी नगरपालिका–२ का वडा अध्यक्ष प्रभुराज जैशीले जानकारी दिनुभएको छ ।
घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक नविन खड्का,गाडी चालक नरेन्द्र रावल रहेका छन् भने यात्रुहरुमा चंखे नेपाली उहाँकी श्रीमति रजियाँ नेपाली छोरी सपना नेपाली,महेश्वरी नेपाली,छोरा आयुष नेपाली,सोही वडाकी झंकरी नेपाली रहेको आफन्त रंग नेपालीले बताउनुभएको छ ।
यस्तै वडा नं.–८ का विजय मिजार,सुनिल नेपाली रहेका छन् । घाईते मध्ये झंकरी नेपाली र रजियाँ नेपालीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी करिव ५४ मिटर तल खोलामा खसेको थियो ।
घाईतेको थप उपचारका लागि अहिले अछामको बयालपाटा अस्पताल पठाईएको छ । यस अघि पनि सोही ठाउँमा जीप दुर्घटना हुदाँ वडा अध्यक्ष सहित ४ जनाको ज्यान गएको थियो ।
क्याटेगोरी : स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस