सडक निर्माणका लागी आफ्नो घर भत्काउदै उपाध्यक्ष साउँद (कुराकानी)

जयगढ माझेठाना ग्रामीण सडक निर्माण सम्बन्धी सरोकारवाला बिच छलफल कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।
पर्यटकिय क्षेत्र रामारोशनलाई जोड्ने गरि निर्माण हुने जयगढ माझेठाना ग्रामिण सडक निर्माणका सम्वन्धमा बान्नीगढी जयगढ गाउँपालिकामा सरोकारवाला बिच छलफल गरिएको हो ।
सुदुरपश्चिम प्रदेश सरकार आर्थिक मामीला तथा योजना मन्त्रालयको बार्षीक निति तथा कार्यक्रम अनुसार जयगढ माझेठाना ग्रामीण सडक निर्माणका लागी सम्झौता भई निर्माण कार्य सुरु हुदै छ ।
पुर्वाधार बिकास कार्यालय साँफेबगरबाट स्वीकृत भई बज्रगुरु कन्ट्रक्सन प्रा.लीले ग्रामिण सडक निर्माण कार्य गर्ने भएको हो ।
जयगढ माझेठाना ग्रामीण सडक नाली सहित ८ मिटर पक्की सडक निर्माण हुने वज्रगुरु कन्ट्क्सनले बताएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदको अध्यक्षतामा भएको समन्वयात्मक छलफलमा सडक निर्माण कार्यलाई सहज रुपमा सँचालन गर्न सहयोग गर्ने सहभागीताले प्रतिवद्धता जनाएका छन ।
कार्यक्रममा वडा अध्यक्ष,ठेकेदार,कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
यता बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले जयगढ माझेठाना ग्रामीण सडक यस क्षेत्रकै प्रतिष्ठाको बिषय भएको र यसलाई सदुपयोग गरेमा बान्नीगढी गाउँपालिकाको समृद्धिको ढोका खुल्ने बताउनु भएको छ ।
जयगढ माझेठाना ग्रामीण सडकलाई नाली सहित ८ मिटर निर्माण गर्न सडक क्षेत्रमा रहेको आफ्नो घर भत्काउन समेत उपाध्यक्ष साउँदले सहमती दिनु भएको छ ।
विकासको बाधक कोहि पनि बन्न नुहनेमा जोड दिदै आफु बिकासको पक्षधर रहेको बताउदै उपाध्यक्ष साउँदले सवैलाई सकारात्मक सन्देश प्रवाह गर्न आफु बस्दै आएको घर भत्काउन तयार भएको बताउनुभयो ।
वाईट : उपाध्यक्ष
क्याटेगोरी : स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस