Techie IT

बान्नीगढी जयगढ गाउँपालिका मासुमा आत्मनिर्भर बन्दै


दिनेश केशी,रेडियो बान्नीगढी
अछामको बान्नीगढी जयगढ गाउँपालिका मासुमा आत्मनिर्भर बनेको छ ।

गाउँपालिकाका थुर्पै ब्याक्तीहरुले निजि लगानीमै कुखुरा पालन ब्यावसायलाई जोड दिए संगै गाउँपालिका मासुमा आत्मनिर्भर बनेको हो ।

निजि लगानीमै गाउँपालिका भित्रका थुर्पै ब्यक्तीले ब्यावसायीक कुखुरा पालनमा जोड दिए संगै गाउँपालिकाबासीलाई आवस्यक पर्ने मासुजन्य पदार्थ पुर्ती भएर मासु तथा कखुरा निर्यातमा प्रर्बधन भएको बान्नीगढी जयगढ गाउँपालिका पशुसाखा प्रमुख हर्क बहादुर शाहीले बताउनु भयो ।

रेडियो बान्नीगढीको बहसमुलक कार्यक्रम कृर्षी तथा पशु बिषेशमा उहाँले सो कुरा उल्लेख गर्नु भएको हो । कुखुरा ब्यावसायीहरुले गाउँपालिकालाबसीलाई आवश्यक कुखुरा तथा मासु परिपुर्ती गरि बाहिर पठाउन सफल भएको उहाँले उल्लेख गर्नु भयो ।

निजि लगानीमै कुखुरापालन ब्यावसायी गरि मासुमा आत्मनिर्भर बनेका ब्यावसायीलाई गााउँपालिकाबाट थुर्पै अनुदान दिनुु पर्ने भएपनि अहिले सम्म कुखुरापालक ब्यावसायीलाई कुनै अनुदान दिन नसकेको शाहीले बतााउनु भयो ।

फरक प्रसंगमा बोल्दै साखा प्रमुख शाहीले गाउँपालिका ब्यावसायीमा ५,६ बर्ष पहिलेको तुलनामा केहि सुधार आएको बताउनु भयो पहिलेको तुलनामा गाउँघरका किसान ब्यावसायीहरु बुझु्रक भएको बान्नीगढी जयगढ गाउँपालिका पशुसाखा प्रमुख हर्क बहादुर शाहीले बताउनु भयो ।
कुराकानी हर्क शाही


क्याटेगोरी : स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस