अछाममा जीप दुर्घटना १ जनाको मृ’त्यु

१२ घाईते, १ को अवस्था गम्भिर

अछाममा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउपालिका वडा न स् ३ ताली निवासी राम नेपाली रहेको अछाम प्रहरीले जनाएको छ ।

घाईते मध्ये अवस्था चिन्ताजनक रहेकी पार्बती लाई नेपालगन्ज रेफर गरिएको जिल्ला अस्पताल अछामले जनाएको छ । जिल्लाको ढकारीबाट मंगलसैन तर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालक सहित १३ जना घाईते भएका हुन् ।

घाईते हुनेमा ढकारी ३ पारु नेपाली सोहि ठाउका धनसरा नेपालि उजले नेपाली पहराम बुढा ढकारी ६ टीका सुर्जी साफेबगर मुकेश सुनार कमलबजार नगरपालिका ५ पार्वती गुरुङ ढकारी १ तपेन्द्र बुढा ढकारी १ का जिप चालक ललि नेपाली कैलाली बौनिया खकेन्द्र सुनार र पारश सुनार
रहेका छन ।

से १ ज ९१० नम्बरको जीप आज करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाईते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भैरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ । तीब्र गति र बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker