कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना सङ्क्रमण

जिल्लाको कमलबजार नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालामा बुधवार थप ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । एक महिला र ६ पुरुष गरी ७ जनामा कोरोना सङ्क्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
जिल्लाको बान्नगीढी जयगढ गाउँपालिका मार्फत स्वाब सङ्कलन गरी पटाइएकोमा शुक्लाफाटा नगरपालिका वडा नं। ११ का ३३ वर्षीय पुरुष, मंगलनेसन नगरपालिका वडा नं। १४ का २८ वर्षीय पुरुष र साँफेबगर नगरपालिका वडा नं। ८ का ३८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै बुढीगंगा नगरपालिका बाजुरा मार्फत स्वाब सङ्कलन गरी पटाइएका ४ जनामा समेत कोरोना देखिएको छ । त्रिवेणी नगरपालिका बाजुराका वडा नं। १ का २८ वर्षीय पुरुष र ३० वर्षीय महिलामा कोरोना देखिएको हो ।
यस्तै नवदुर्गा गाउँपालिका वडा नंं। ५ डडेलधुराका २८ वर्षीय पुरुष र बुढीगंगा नगरपालिका वडा नं। ३ का ६० वर्षीय पुरुषमा समेत कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
बुधवार जम्मा ४३ जनाको परीक्षण गरिएकोमा ७ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको कमलबजार पिसिआर परीक्षण प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले बताए ।
सूचना अधिकारी बिस्टका अनुसार कलबजार प्रयोगशालामा हालसम्म १८ सय ५४ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय १४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै पुन परीक्षण गरिएका ४२ जना मध्ये १५ जनाको दोस्रो पटक समेत पोजेटिभ देखिएको छ ।
क्याटेगोरी : स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस