बिवाह गरेको १० दिन नपुग्दै किशोरीको मृत्यु

अछामको षोडशादेवि मावि मंगलसैनमा कक्षा ९ मा अध्ययनरत किशोरीको खोलाले बगाएर ज्यान गएको छ ।
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ नाडाकी १७ बर्षीया किशोरी रमिता शाहको आईतबार साँझ नुहाएर फर्किने क्रममा चिप्लएर खोलामा खस्दा खोलाले बगाएर ज्यान गएको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी ३ मा यही जेठ ९ गते भागी बिबाह गरेर गएकी रमिताको स्थानीय भौरेखोलामा नुहाएर फर्किने क्रममा चिप्लिएर ज्यान गएको दैलेख प्रहरीले जनाएको छ ।
पहिलो पटक त्यस ठाउँमा गएकी र दुई खोलाको दोभानमा तल गहिरो दहमा खसेर ज्यान गएको उनका बुवा दिलबहादुर शाहीले बताउनु भयो । आफ्नो विद्यालयमा अध्ययनरत छात्राको खोलाले बगाएर ज्यान गएको खबर आएपछि आज मौनधारण गरी विद्यालय विदा गरेर श्रद्धाञ्जली अपर्ण गरिएको षोडशादेवि माविका प्रधानाध्यापक देबेन्द्र दुब्बेले बताउनु भयो ।
घटनाक्षेत्र अन्य जिल्ला भएकाले यसबारे आफुलाई जानकारी नआएको अछाम प्रहरीले जनाएको छ । १० कक्षा अध्ययन गर्दै गरेकी छोरीको ज्यान गएपछि परिवारमा ठुलो पीडा भएको रमिताकी आमा लक्ष्मीको भनाई छ । १० कक्षामा अध्ययन गर्दै गरेकी उनको श्रीमानको घर गएको १० दिन नपुग्दै ज्यान गएको हो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस