खप्नै नसक्ने भएपछि बुवाविरुद्ध उजुरी दिएँ : बालिका

यौन दुर्व्यवहार गरेको भन्दै नवलपरासीको कावासोतीकी एक बालिकाले सौतेनो बुवाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

कक्षा ५ मा पढ्ने १३ वर्षीया बालिकाले आइतबार सौतेनो बुवाविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकाको उजुरीपछि सोमबार सौतेनो बुवालाई पक्राउ गरिएको एसपी मोहनप्रसाद पोख्रेल बताए।

उनले तीन वर्षदेखि दुर्व्यवहार गर्दै आएको बालिकाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छन्। आमा घरमा नभएको बेला दुर्व्यवहार गर्ने गरेको बालिकको भनाइ छ।

बालिकामाथि दुर्व्यवहार गर्ने सौतेनो बुवालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि घरमा बस्न समस्या भएको उनले बताइन्। गाउँले र परिवारका सदस्यले पनि आफूलाई नै दोषी देखाउने गरेको उनले दुखेसो गरिन्।

‘बुवाको बद्नाम हुन्छ भन्दै चुपचाप बसेकी थिएँ। धेरै सहेँ। अहिले खप्नै नसक्ने भएपछि बुवाविरुद्ध उजुरी दिएकी हुँ,’ उनले काठमाडौंप्रेसँग भनिन्। घर परिवारमा यो कुरा सुनाउँदा पनि कसैले वास्ता नगरेपछि प्रहरीको सहयोग लिनु परेको उनले बताइन्।

प्रहरी कार्यालयमा उजुरी दिएपछि घर बस्ने वातावरण नभएको उनले बताइन्। ‘प्रहरीकै सामुन्ने तलाई मार्छु भनेका छन्,’ उनले भनिन्।

जिल्ला प्रहरी कार्यालयका एसपी पोख्रेलले घरमा बस्ने वातावरण बनाउन पहल भइरहेको बताए। वडाध्यक्षसहित घरपरिवारसँग छलफल भइरहेको उनले बताए।

काठमाडौं प्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker