मृगौला पिडित साउँदका लागी राहात सँकलन

मृगौला पिडित दुर्गा साउँदको उपचार सहयोगका लागी रामारोशन गाउँपालिकाबाट ६२ हजार रुपैयाँ सँकलन गरिएको छ ।

दुवै मृर्गौला फेल भएकी १३ बर्षीय साउँदको उपचारको लागी समाजसवी कृष्ण रावलको सक्रियतामा मुजाबगर र रामारोशन गाउँपालिकाबाट ६२ हजार रुपयाँ संकलन गरीएको हो ।

रामारोशन गाउँपालिका वडा नम्वर ६ भटाकाटीया घर भई हाल कैलालीमा बस्दै आएकी साउँदको मृर्गौलाको उपचारका लागी आर्थिक राहात मिलोश भन्नका लागी राहात सँकलन गरिएको समाजसेवी रावलले बताउनुभयो ।

दुबै मृर्गौला फेल भएकि साँउदको आर्थिक अभावका कारण उपचारमा ढिलाई भईरहेको उनका बुवा लाल बहादुर साउँदले बताउनु भएको छ ।

मृर्गौला पिडित साउँदको जीवन रक्षाका लागी आर्थीक सहयोेग गरिदिन आफन्तहरुले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker