साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौको बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।बिहीबार बिहान ४ बजेतिर तीव्र गतिमा रहेको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको ज्यान गएको हो । उहाँको उपचारको क्रममा बानेश्वरको एभ्रेष्ट अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ललितपुर भनिए पनि ताम्राकारको पुरै ठेगाना भने खुलेको छैन ।

मोटरसाइकल पछाडी सवार काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका साइकल चालकको खोजी भैरहेको छ । उज्यालो

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker