Techie IT

नेपाल पत्रकार महासंघको आयोजनामा मानव साङ्लो प्रदर्शन


मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरूले मानवसाङ्लो बनाएर प्रदर्शन गरेका छन्। शनिबार नेपाल पत्रकार महासंघका आयोजनामा मानव साङ्लो प्रदर्शन गरिएको हो। दोस्रो चरणको आन्दोलनअन्तर्गत गरिएको पदर्शनमा बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन्।

पत्रकारहरूले प्रेस स्वतन्त्रताविरोधी विधेयक सरकारले ल्याएको दाबी गर्दै उनीहरूले तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएमा तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए। उनले आन्दोलन कुनै दल वा सरकारविरुद्ध नभई संचार माध्यमममा लगाउन खोजिएको अंकुशविरुद्ध भएको बताए।

यसअघि महासंघको अघुवाइमा पहिलो र दोस्रो चरणका आन्दोलन चलाइएको थियो। दोस्रो चरणको कार्यक्रमअन्तर्गतको अन्तिम प्रदर्शन शनिबार मानव साङ्लो निकालेर गरिएको हो।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस