काँग्रेस युवा नेता थापा अछाममा

नेपाली कांग्रेसका युवा नेता एवं पुर्व स्वास्थ मन्त्री गगन कुमार थापा यहीँ जेठ २६ गते नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले आयोजना गरेको बिशाल आम सभामालाई सम्बोधन हुने भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा हुने कार्यक्रमलाई नेता थापाले सम्बोधन गर्नु हुने भएको हो । मुजबगरमा हुने आम सभा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको नपाल बिद्यार्थि सँघ अछामका नेता पुष्प कुमार बिष्टले जानकारी दिनु भएको छ ।
रामारोशन गाउँ पालिकाको मुजाबगरमा हुने आमसभाका लागि नेता थापा अछाम आइपुग्नु भएको छ ।
अछाम बसाईका क्रममा नेता थापाले जिल्लाको प्रचुर पर्यटकीय स्थल रामारोशनको भ्रमण गर्ने र जेठ २७ गते नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर २ ले आयोजना गरेको प्रथम क्षेत्रिय सम्मेलनको उद्धघाटन गर्ने कार्यक्रम रहेको कांग्रेस अछामले जनाएको छ