कालीकोटमा जवरजस्ती करणीको मुद्धामा वडा अध्यक्षलाई घुस

हस्त चौलागाईँ
कालीकोटको रास्कोट नगरपालिका वडा नं। ७ निवासी कल फर्सालले जवरजस्ती करणी गरेको आरोप लागेपछी वडा अध्यक्षहरुलाइ राहत मिलेको नेकपा रास्कोट नगरले अरोप लगाएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं।८ निवासी वुवा रत्न बुढाकी सुपुत्री बिमला बुढालाइ गत जेष्ठ ५ गतेका दिन रास्कोट नगरपालिकाको लेख क्षेत्रमा कल फर्र्सालले जवरजस्ती करणी गरेको टिप्पणी बिमला बुढाले गरेपछी प्रहरी चौकी पोतमारामा निवदेन दिएकी थिईन् ।

निवेदनलाइ रास्कोट नगरपालिकाका वडा अध्यक्ष र सान्नी त्रिवेणी गाउँपालिकाका वडा अध्यक्षहरु विचको छलफलमा पिडीतको आरोप लागेकी विमलालाई कल फर्सालले १ लाख दिएको र सान्नी त्रिवेणी गाउँपालिका वडा नं। ८ वडा अध्यक्ष जनक खत्री, ९ का वडा अध्यक्ष दुर्ग केसी,वडा नं। का वडा सदस्य मन वहादुर बुढा र गाउँका मुखिया अमरसिंह केसिलाई जम्मा ७० हजार रुपैया कल फर्सालले बुझाएका थिए । तर कल फर्सालले जवरजस्ती करणी नगरेको भन्दै आएता पनी कोही कसैले उनको गुनासो सुनेनन् । नाताले भिनाजु साली पर्ने बुढा र फर्साल सामान्य रुपमा जिस्कीएता पनी यस्लाई नै ठुलो रुप लिई वडा अध्यक्षहरुले घुस मागेको कुरा पिडीत फर्सालले बताएका छन् । नेकपा रास्कोट नगर कमिटिमा कल फर्सालकी धर्मपत्नी कौरा फर्सालले दिएको निवेदन अनुसार रास्कोट नगर कमिटिले घटनामा संलग्न सवैलाई एकै ठाउँमा राखी सोध्दा जवरजस्ती करणी नगरेको रहस्य पत्ता लागेको छ ।

यता यस्तो रहस्य आइरहँदा घुस खानेहरुका शिरमा भने पसिनाका धाराहरु बगिरहेको र उनिहरुले घुस खाएको बताएको नेकपा रास्कोट नगर इन्चार्ज कन्चन शाहीले जानकारी दिए । घुस खाने र दिने काम अवबाट कहिल्यै नगर्ने निर्णय गरी आलोचित समेत बनेका छन् । कन्चन शाहीका अनुसार बिमला बुढा र कल फर्साल सामान्यतया रुपमा साली भेनाको नाताले जिस्कीएको र चल्दा चल्दै बिमलाको गहना हराएको उनले बताए । उक्त गहनाको लागि ९० हजार रुपैया कल फर्सालले दिएको र त्यस भित्र पनी प्रहरी चौकी पोतमाराले पनी १० हजार रुपैया केश मिलाए बापत लिएको वडा नं। ८ सदस्य मन वहादुर बुढाले बताए । प्रहरी चौकीले नै घुस लिएको रहस्य बाहिरीयपछी जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख विनोद शर्मालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

समाजमा आइपर्ने यस्ता विभिन्न घटनामा कोही कसैलाई विना कारण फसाउने र त्यस बापत घुस लिने र दिने काम चलिरहेको नेकपाका रास्कोट इन्चार्ज कन्चन शाहीले बताए । अवका दिनमा यस्ता हर्कत गर्ने जनप्रतिनीधी र समाजका अगुवाहरुलाई नेकपाको तर्फबाट फरक किसीमको कार्वाही अगडी बढाउने शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker