यो बर्षको मनसुन एक हप्ता पछि सर्यो

यस बर्षको मनसुन एक हप्ता ढिलो हुने भएको छ । सामान्यतया जुन १० अर्थात् सोमबार आजदेखि मौसम भित्रनुपर्ने भए पनि यसपटकको मनसुन एक हप्ता ढिला गरी भित्रने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस बर्षको मनसुन अर्को हप्तासम्म नेपाल भित्रने अनुमान छ । मनसुन शुक्रबार भारतको केरला आइपुगेको र अब विस्तारै नेपाल भित्रने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
मनसुन सुरुमा झापा र मोरङ हुँदै मध्यक्षेत्रमा मनसुन सक्रिय हुनेछ । यसबर्ष पूर्वी भेगमा कम र पश्चिममा औषत पानी पर्ने पूर्वानुमान गरिएको छ ।
अहिले धानको बिउ राख्ने बेला हो । कुलो पानी भएका क्षेत्रमा बिउ उम्रिसकेको भएपनि आकाशे पानी पर्खेर बसेका किसानलाई त्यसै अनुसार तयारी गर्न कृषि विज्ञले आग्रह गरेका छन् ।
मनसुनअघि सक्रिय बनेको प्रि(मनसुनले अझै आकाश छाडेको छैन । प्रि(मनसुन र हिउँदे बर्षा भने पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ ।
यसैविच सोमबार मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित सामान्य बर्षाको संभावना छ । तर तराई क्षेत्रमा भने मौसम सफा रहेको र सोमबार दिनभर नै सफा हुने मौसमविद् बासीले बताउनुभयो । उज्यालो ।
क्याटेगोरी : मुख्य समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस