सत्ता शक्ति र जनताको मत को दुरुपयोग गरि दुई तिहाई को दम्भमा बेथिति:काँग्रेस नेता थापा

कम्युनिस्ट सरकारले नेपाल लाई कम्बोडिया जस्तो बनाउन खोजेको नेपाली काङ्ग्रेसका युवा नेता एवम् पुर्व स्वास्थ्य मन्त्री गगन थापाले आरोप लगाउनु भएको छ ।
कमल बजारमा भएको काँग्रेस अछामको आम सभालाई सम्बोधन गर्दै नेता थापाले कम्बोडिया देशको जस्तै नेपालमा पनि कम्युनिस्ट सरकारले अदालत ,संसद जस्ता सबै क्षेत्र लाई आफ्नो पक्षमा लिने अभ्यास गरिरहेको बताउनु भएको हो ।
एमाले र माओवादिको सिद्धान्त मरिसकेको बताउदै उहाले वर्तमान नेपाल कम्युनिस्ट पाटीको सिद्धान्त नै नभएकोले गठबन्धन लामो समय टिक्न नसक्ने दावी गर्नुभयो । बर्तमान सरकारले स्थानीय सरकारले गर्ने काम प्रदेश सरकारलाई गर्न लगाएरस्थानीय सरकारको अधिकारलाई कटौती गर्न खोजेको उहाको भनाई छ ।
वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकारले “सत्ता शक्ति र जनताको मत को दुरुपयोग गरि दुई तिहाई को दम्भमा बेथिति, भ्रष्टाचार, पक्षपात र अत्याचारको कुसंस्कार देशमा संचालन गरिरहेको आरोप लगाउनुु भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति लक्ष्मण शाहको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार, प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट रहनु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस