गाउँपालिका अध्यक्ष खड्का द्धारा बर्दादेवीमा अनुगमन
अध्यक्ष खड्काको प्रतिबद्धतासँगै स्थानिय हर्षित

बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवी धारासैन टोलमा अनुगमन गर्नु भएको छ ।
मँगलवार गाउँपलिका अध्यक्ष खड्काले बर्दादेवीको जोग्याना टोलमा खानेपानीको अवस्था र नुवागाउँमा रहेको वाल विकास केन्द्रको अनुगमन गर्नु भएको हो । बर्दादेवी जोग्याना टोलमा खानेपानीको अवस्थाबारे जाँचबुझ गर्दै अध्यक्ष खड्काले खानेपानी तथा सिँचाई पाईपलाई बिस्तार गर्ने बताउनु भएको छ ।
गत आर्थिक बर्षमा जयगढ मेल्लेख सडक निर्माणका क्रममा खानेपानी लाईन बिग्रीएसँगै त्यस टोलमा खानेपानी व्यवस्थापनका लागी आवश्यक पहल गर्ने अध्यक्ष खड्काले प्रतिबद्धता जनाउनु भएको थियो ।
प्रतिबद्धता जनाए अनुरुप जोग्याना टोलमा खानेपानी लाईन बिस्तार गर्न लागीएको अध्यक्ष खड्काले उल्लेख गर्नुभएको छ । खानेपानी लाईन बिस्तारका लागी आवश्यक स्टमेट तयार पार्न प्राविधिकहलाई आग्रह गरिसकेको र अव केहि दिनमै काम सुरु हुने उहाको भनाई छ ।
गाउँपालिका अध्यक्ष खड्काले गाउँटोलमै पुगेर खानेपानी व्यवस्थापनका लागी पहल गरेपछि स्थानिय निकै हर्षित भएका छन । यसै बिच गाउँपालिका अध्यक्ष खड्काले बर्दादेवी नुवाँगाउँमा रहेको बाल बिकास केन्द्रको समेत अवलोकन गर्नु भएको छ ।
बाल बिकास केन्द्रको अनुगमन अध्यक्ष खड्काका नयाँ आर्थिक बर्षमा बाल बिकास केन्द्रको भवन निर्माणका लागी आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभयो । भवन जिर्ण हुदा बालविकास केन्द्रको पठन पाठन प्रभावित भएसँगै आफ्नो ध्यानाकर्षण भएको र नया आर्थिक बर्षम समस्या समाधान गर्ने अध्यक्ष खड्काले बताउनु भएको छ ।
अनुमगनमा वडा अध्यक्ष कुल बहादुर शेट्टि,कार्यपालिका सदस्य केशर बिक,खडक ठकुल्ला, स्थानिय लाल ठकुल्ला लगायतको सहभागीता रहको थियो ।