अछाममा स्यालको आतंग उग्र : गोठमै पशेर बाख्राको शिकार

अछाम जिल्लामा स्याल आतंग बढेको छ ।

जिल्लाको बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ छातासैनमा स्यालको उग्र आतंक देखीएको हो ।

बिगत एक साता यता स्यालले छातासैनका बिभिन्न ब्यक्तीका ६ वटा बाख्रा मारेको स्थानियले बताएका छन । स्यालले राति खोरमै पसेर बाख्राहरुको तितरबितर पार्ने गरेको उनिहरुले बताएका हुन । दिउसो चराउनकालागी जंगलमा लगेका बाख्राहरुलाई समेत ताकी ताकी स्यालले मारेर खाने गरेको स्थानियको गुनासो रहेको छ ।

हालसालैको एक साताको अबधीमा स्यालले स्थानिय बिर बहादुर साँउद ,रबि ठकुल्ला , कृष्ण साँउद , जोगी ठकुल्ला ,प्रेम ठकुल्ला र झपट ठकुल्लाका एक एक गरि जम्मा छ वटा बाख्रा मारेको स्थानिय बाख्रा ब्याबसायी कृष्ण साँउदले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker