केहि व्यक्तिको निजि स्वार्थका कारण मदिराबारे बिवाद सिर्जना भयो : उपाध्यक्ष साउँद ( भिडियो )

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले गाउँपालिका प्रमुख मदिरा डिलर सँचालनमा सँलग्न रहेका कारण मदिरा सम्बन्धिको निर्णय कार्यान्वयन गर्न समस्या सिर्जना भएको बताउनु भएको छ ।

जयगढमा कमशल मदिराका बिषयमा बिवाद बढ्दै गएपछि उपाध्यक्ष साउँदले यस्तो खुलासा गर्नुभएको हो । कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा मदिरा व्यवस्थापनको निर्णय गरिएकोमा कार्यान्वयन चरणमा भने केहि जनप्रतिनिधि मौन बस्दा समस्या आएको उहाँको भनाई छ ।

अछामका अधिकाँस गाउँपालिका र नगरपालिकामा सामान्य सुचनाका आधारमा मदिरा व्यवस्थापन र निषेध गरिएकोमा बान्नीगढी जयगढ गाउँकार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा निर्णय पारित गरिएको बताउदै उपाध्यक्ष साउँदले निर्णय कार्यान्वयन नगर्न सरकार प्रमुख र केहि जनप्रतिनिधि लागी पर्दा जयगढमा बिवाद सिर्जना हुन पुगेको उल्लेख गर्नुभयो ।

गाउँ टोलमा मदिराका कारण बिभिन्न हिँसा तथा अपराध र शान्ति सुरक्षामा चुनौती थपिदै गएका कारण स्वफुर्त रुपमा मदिरा बन्दको माग उठ्नु प्रशँसनीय कार्य भएको उपाध्यक्ष साउँदले बताउनु भएको छ ।

मदिरा बन्दको माग गर्दै कुनै मदिरा डिलरमा ताला लगाउनु कानुन बिपरित भएता पनि के कति कारणले यस्तो सिर्जना हुन पुग्यो भन्नेबारे आम नागरीक सचेत हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
उपाध्यक्ष साउँदसँगको छोटो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker