पूर्व शिक्षा मन्त्री तथा नेकपा नेता पौडेलको निधन

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ ।
चितवनको माडीमा रहेको निवासमा शुक्रबार बिहान हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको उहाँका पूर्व स्वकीय सचिव ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।
यहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि माडी बसन्तपुरमा राखिने उहाँले बताउनुभयो । पौडेललाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता शुक्रबार नै चितवन पुग्ने पनि उहाँले जानकारी दिनुभयो ।
पौडेल २०७३ साल भदौमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो । उज्यालो ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
ट्याग : #बाल बिवाह


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस