अछाममा १४ सय ११ जना एचआइभी संक्रमित

अछाम जिल्लामा एचआइभी संक्रमितको संख्या १४ सय ११ पुगेको छ । जसमा महिलाको संख्या ७०९ र पुरुषको संख्या ६३४ रहेको छ ।

उनीहरु मध्य नियमित उपचार गराउनेहरु जम्मा ६१६ जना मात्र छन् । अन्य ७ सय ९५ जना उपचार गर्दागर्दै बिचमै हराएका छन् । जिल्लाका ७२ स्वास्थ्य चौकि, दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालको रेकर्ड अनुसार २०६३ साल यता अहिलेसम्म एचआइभीकै कारण १ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

उपचारका लागि अस्पतालको सम्पर्कमा आएका अन्य १४ सय ११ मध्य ६१६ जनाले मात्र नियमित रुपमा एआरटी सेवा लिइरहेका छन् । त्यो वाहेकका अन्य संक्रमितको तथ्यांक मात्र छ तर उनीहरु कहाँ छन् भन्ने वारे कुनै रेकर्ड नरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले बताउनुभायो । आज मंगलसेनमा सम्पन्न एचआइभी संक्रमित व्यक्तिमा हुने लान्छना तथा भेदभाव सम्बन्धी सरोकारवालाहरु सँगको एकदिने अभिमुखिकरणमा तथ्यांक प्रस्तुत गर्दै उहाँले उपचार गर्दागर्दै विचमै हराएकाहरु मध्य अधिकांस रोजगारीको सिलसिलामा भारत गएर उतै औषधी सेवन गरिरहेको हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

जिल्ला अस्पताल अछामका मेडिकल अधिकृत अतुल भारद्धाजको अध्यक्षता तथा जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरको प्रमुख आतिथ्यता तथा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहरा, उपप्रमुख सरीता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुंगाना लगायतको उपस्थीति रहेको कार्यक्रममा जिल्ला अस्पताल अछामका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले गाउँमा बस्दा टोलछिमेककाले लान्छना तथा भेदभाव गर्ने गरेका कारण प्राय संक्रमित पुरुषहरु भारत जाने गरेको बताउनुभायो । समाजले हेर्ने गलत दृष्टिकोणकै कारण रोगलेभन्दा लान्छनापछि उत्पन्न हुने कारणले धेरै संक्रमितको ज्यान गएको उहाँले बताउनुभाये ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker