गुठी विधेयकको विरोधमा प्रदेश ५ मा राँके जुलुस

गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा विधेयकको पक्षमा जुलुस र सभा भयो । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्यता नै सिध्याउने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ ।

दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेका गुठीहरूको शोषण अन्त्य गर्ने भन्दै विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग राखेको छ । विधेयकको पक्ष र विपक्ष दुवैखाले आन्दोलन एकै पटक किन उठ्यो रु यसका कारण खोज्न विधेयकमा प्रस्तावित प्रावधानभित्रै छिर्नुपर्ने हुन्छ । विधेयकले गुठीहरूको प्रकृति कस्तो हो छुट्याएको छैन । नेपालभर रहेका गुठीलाई एउटै खालको ठानेर व्यवस्थित गर्ने भनियो । गडबडीको सुरुवात त्यहींबाट भएको छ । कुनै गुठी विगतमा सामन्ती संरचनाका कारण बनेका छन् भने कुनै जात्रापर्व, रीतिरिवाज सञ्चालन गर्ने उद्देश्यले । यसलाई विधेयकले एउटै डालोमा हालेको छ ।

काठमाडौंमा रहेका अधिकांश गुठी जात्रा, पर्व, जन्म, मृत्युलगायतका संस्कार सञ्चालनका लागि क्रियाशील छन् । जुन गुठी नहुने हो भने दैनिक जीवनयापन नै बिथोलिने गुठियारको तर्क छ । ‘उपत्यकामा गुठीबिना हामी चल्न सक्दैनौं, जन्मदेखि मृत्युसम्मका संस्कार गुठीहरूबाट हुन्छ,’ संस्कृतिकर्मी एवं नेपाल भाषा संरक्षणका अभियन्ता सुरेश किरणले भने, ‘त्यो काम गर्नेहरू त्यही गुठीको स्रोतबाट चल्छन् । यदि यस्ता गुठी सरकार मातहत जाने हो भने हाम्रो जीवनशैली नै ठप्प हुन्छ ।’ प्रस्तावित विधेयकको दफा २३ मा ‘यो ऐन प्रारम्भ हुनुअघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठी यो ऐन प्रारम्भ भएपछि राजगुठीमा परिणत हुने, त्यस्ता गुठीका सम्पत्ति, जायजेथा, देवदेवीका प्रतिमा आदिमा भइरहेको गुठियारको हक र दायित्व प्राधिकरणमा सर्ने’ प्रावधान छ । यो प्रावधानले देशभर सञ्चालनमा रहेका विभिन्न समुदायका कुल, वंश, परम्परा, ‘धर्म’, संस्कृतिसँग जोडिएका गुठी, मदरसा, मस्जिद, मन्दिर, चैत्य सबैका गुठी प्राधिकरण मातहत आउँछन् । त्यस्तै दफा २४ मा गुठियारको अधिकार स्वतः समाप्त हुने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker