पन्चदेवल बिनायक नगरपालिकाद्धारा स्वास्थ्य सँस्थाहरुको अनुगमनमा तिब्रता

दिनेश केशी
अछामको पन्चदेवल बिनायक नगरपालिकाले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरु को अनुगमनमा जोड दिएको छ । नगर उपप्रमुख अम्बिका चलाउनेको नेत्रित्वमा खटिएको टोलिले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको अनुगमनमा जोड दिएको हो ।
सोमबार पन्चदेवल बिनायक नगरपालिका ५ लयाँटी स्वास्थ्य चौकी र वडा नम्बर ७ पुलेतोला स्वास्थ्यचौकीको अनुगमन गरिएको छ । अनुगमनको क्रममा लयाँटी स्वास्थ्य चौकीको निर्माणाधिन भवनको काम सन्तोषजनक रहेको अनुगमन समिती संयोजक तथा नगरपालिका उप प्रमुख अम्बिका चलाउनेले बताउनु भएकको छ । लयाँटीमा भवन भएपनि प्रयाप्त कोठा नहुँदा सेवा गा्रहीलाई सेवा दिन असहज भएको अनुगमन समितीले निष्र्कष निकालेकको छ ।
अनुगमनकै क्रममा पुल्लेतोला स्वास्थ्य चौकीको नवनिर्मित भवन सन्तोषजनक भएको बताईएको छ । पुल्लेतोला स्वास्थ्यचौकीमा वर्थीगं सेन्टरको आवस्यकता रहेको र अन्य सामार्गीको पनि अभाव रहेको समितीले निष्र्कष निकालेको छ । अनुगमनका क्रममा स्वास्थ्य जसतो संबेदनसिल क्षेत्रमा सबैले समान तरिकाले सेवा लिन उप प्रमुख चलाउनेले बताउनु भयो । सोमबार भएकको अनुगमनमा पन्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिकान्त बजगाँई, स्वास्थ्य साखा सायोजक डम्बर बहादुर शाह, नेपाल पत्रकार महासँघ जिल्ला साखा अछामका सह सचिव तपेन्द्र बहादुर धामी लगायतको सहभागीता रहेकको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस