आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै प्रतिपक्षीद्धारा संसद बैठकमा नाराबाजी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लाग्नुभएको सम्बोधन प्रतिपक्षी दलको विरोधका कारण रोकिएको छ ।
सुरुमा प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि प्रधानमन्त्रीको सम्बोधन रोकिएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरिरहेका छन् ।
यसअघि दलका सचेतकसँग सभामुख महराले गर्नुभएको छलफलमा प्रतिपक्षी दलका सांसदलाई पहिले बोल्न समय दिनुपर्ने माग गरेका थिए । बैठक सुरु हुनुअघि पटक(पटक भएको छलफलमा पनि सहमति नहुँदा एक घण्टापछि बैठक सुरुभएको थियो ।
५ मिनेटसम्म पनि प्रतिपक्षी दलका सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख महराले बैठक स्थगित भएको निर्णय सुनाउनुभयो । अब अर्को बैठक बुधबार बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री सम्बोधनका लागि पोडियममा पुगेको भए पनि नाराबाजीका कारण नबोली फर्कनु भयो । ujyaaloonline
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस