Techie IT

हुम्लामा गाउँपालिका उपाध्यक्ष चढेको जीप कर्णालीमा खस्यो, अवस्था अज्ञात


हुम्ला ( खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ ।

खार्पुनाथ(५ कैलाबालुमा लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको प्रहरीले जनाएको छ । जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि को को थिए भन्नेबारे खुल्न सकेको छैन ।

पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ तर थप विवरण आउन भने बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्ला र याङचु गाउँपालिका लगायतका ठाउँबाट प्रहरीको टोली पुगेको बताइएको छ । उज्यालो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस