घरको छतबाट खसेर एक किशोरीको मृत्यु

सर्लाहीमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ३ निवासी राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मंगलबार दिउँसो लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु भएको हो।

दुई तले घरको छतमा लुगा सुकाउँदै गर्दा तल खसेकी किशोरीलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको सर्लाही प्रहरीले जनाएको छ। मृतक किशोरी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेकी थिइन्।thahakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker