बिहे अगाडि नै छ जना बालिकाहरु गर्भवती

योे समाचार सुन्दा तपाईलाई अच्चम लाग्न सक्छ तर यो प्युठानको सत्य घटना हो ।

पयुठानको गौमुखी गाउँपालिकाको रजवारामा स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र चौधरीका अनुसार यस आर्थिक वर्षमा ४ जोडिको अस्थायी साधन प्रयोग नगर्दा बिहे अगाडि नै बालिकाहरु गर्भवती भएको पाइएको छ।

महिला स्वास्थ्य स्वयंसेविका रेवतीकुमारी तामाङ पुनको कार्यक्षेत्रमा बाहेक अन्य क्षेत्रबाट अस्थायी साधन माग्नेमा महिला नै रहेको पुरुषहरुले माग्न नसकेका कारण पनि बिहे अगावै अर्थात बाल्य अवस्थामै गर्भवती हुनेहरुको संख्या घट्न सकेको छैन्।

‘अविबााहित पुरुषहरुले त साधनहरुको प्रयोग ल्याउन सकेका छैनन्, जस्का कारण यस क्षेत्रमा बालबालिका अवस्थामै गर्भवती भएका उदाहरण छन्।’ प्रमुख चौधरीले भने ‘यसको नियन्त्रण नभएसम्म गाउँमा गर्भवतीहरु जोखिममै हुनेछन्।’ रजवारामा २१ प्रतिशत मात्रैले अस्थायी साधनको प्रयोग गर्दै आएका छन्।

आगामी एक बवर्षमा करिव ६० प्रतिशत पु¥याउन योजना छ। गैरकानुनी रुपमा गर्भवती भएका कारण पूर्ण गर्भ जाँच, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउन नसकेको अवस्था रहेको उनको भनाइ छ। अन्य महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि अस्थायी साधन मागेर महिलाहरुको जोखिम न्युनिकरण गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker