दक्षिण एशियाको एकमात्र घुमन्ते जाती राउटे समुदायलाई सरकारले नेपाली नागरिकता दिने

दक्षिण एशियाको एकमात्र घुमन्ते जाती राउटे समुदायलाई सरकारले नेपाली नागरिकता दिइने भएको छ । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो ।
गुराँस गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । मन्त्रालयका सचिव मानबहादुर विकेका अनुसार त्यसबेला राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको थियो । सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गर्न लागिएको हो । ‘सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो’, विकेले भने ।
राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाईने योजना छ । अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएका हुन् ।
राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहींको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरु गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट दुई साताअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छी बजारमा बस्ती सारेका छन् । सबै प्रक्रिया र्पुयाएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने सरोकारवाला पक्षहरुले बताएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक)नेपाल दैलेखले राउटे समुदायका बालबालिकाको लागि अध्यापन गराउन,विभिन्न तालिम, सरसफाई, औषधि उपचार गर्ने गरी तीन जना कर्मचारी समेत खटाएको छ । हाल राउटे समुदायको संख्या १४६ रहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस