अछामका प्रमुख व्यापारि केन्द्रमै खानेपानिको हाहाकार

खानेपानीका मुलनै सुक्न थाले पछि पुन: अनुगमन समिती सक्रिय

दिनेश केशी,रेडियो बान्निगढी अछाम

सुख्खा याम लागे सँगै अछामका प्रमुख वयापारी केन्द्रमै खानेपानिको हाहाकार भएको छ । अछामका प्रमुख व्यापारिक केन्द्र जैगढ बजार, विनायक बजार, लगायत थुर्पै ठाउँमा पानिको हाहाकारले जनजिवन प्रभावित बनेको छ । गर्मी याम बढे सँगै आकासवाट पानि नपर्ने र पानिकका मुलहरु नै सुक्न थालेपछि खानेपानिको समस्या निम्तिएको हो ।


जयगढ बजारमा पानीको हाँहाकार
बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारमा दुई साता दिन बढि देखी खानेपानीको हाँहाकार भएको छ । जयगढ बजारमा खानेपानीको व्यवस्थापनका लागी बिस्तार गरिएका दुई वटै खानेपानी योजनाको पाईप लाईन अवरुद्ध भएका छन । सिलामुल जयगढ खानेपानी योजना र छातासैन जयगढ खानेपानी योजनाको पाईप लाईन अवरुद्ध हुदा हाल जयगढ बजारबासी घण्टौ हिनेर पानी ल्याउन बाध्य भईरहेका छन । जयगढ बजारमा खानेपानीको हाँहाकार भएसँगै बिद्यार्थीको पठन पाठन,सरकारी कार्यलय, व्यापार व्यावसायमा मा समेत बाधा पुगेको छ । खानेपानीकालागी स्थानिय सरकार बाट ठुलठुला योजना बनाए पनि नियमित रुपमा सँचालनका लागी स्थानिय सरकारले व्यवस्थापनमा ध्यान दिन नसेको स्थानियले आरोप लगाएका छन । लाखौँको लागतमा निर्माण गरिएका खानेपानी योजनाको काममा स्टमेट अनुसारको काम नभएका कारण पनि पानी अनियमित बन्न पुगेको अनुगमन समितीले खुलासा गरेको छ । बुधवार गाउापालिका उपाअध्यक्षले पत्रकार सँगको कुराकानिमा बुधवार बेलुकी नै पानी नियमित आउने बताएपनि अहिले सम्म धारामा पानि आउन सकेको छैन । पानीको समस्याले जयगढमा काकाकुुल नै बनाएपछि शुक्रबार गाउँपालिका वाट पुनः अनुगमन गर्न थालिएको छ ।

 

प्रमुख व्यापारी केन्द्र बिनायक बजारमा खानेपानीको समसया कायमै
पञ्चदेवल बिनायक नगरपालीकाको बिनायक बजारमा खानेपानीको चरम अभाब हुदा जनतालाई समस्या भएको छ । बिनायक बजारमा खानेपानिको हाहाकार हुँदा करिव एक सय भन्दा बढि होटेल व्यावसाही मारमा परेका छन । सुख्खा याममा खानेपानिको समस्या यतीबेला बजारमा मात्रै छैन गाउँ घरका मुलहर सुक्नै थालेका छन । यसरी खानेपानीको हाहाकार कायमै रहे कर्णाली नदिको आसपासमा बसाईसर्नु पर्ने बाध्यता आईसकेको स्थानियले गनासो गरेका छन । आगामी आर्थीक बर्षमा पन्चदेवल बिनायक नगरपालिकामा खानेपानीको गुरु योजनाको एक घर एक धारो निर्माण अभियानका लागी शहरी बिकास मन्त्रालय बाट ३० करोड बजेट बिनीयोजन भैसकेको नगर प्रमुख देवराज देवकोटाले बताउनु भएको छ । विनायक बजारमा अहिले तत्काल खानेपानीको समस्या समाधानको लागी लागी १९ लाख बजेट बिनीयोजन भई काम सुरु भैसकेको जानकारी दिनुभयो । सुख्खा याम सुरु हुँदा खानेपानी मात्रै हाईन सुदुरपश्चिमका पहाडी भुभागमा रोपाइँ गर्न पनि निकै कठिनाई हुन थालेको छ ।

यसरी चुहिन्छ खानेपानीका धारहमा पानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker