राजस्व छली गर्ने १ जना सहित १५ जना विरुद्ध मुद्धा दायर

नक्कली बीजक बनाएर राजस्व छली गर्ने एक व्यापार सहित १५ जनाविरुद्ध मुद्धा

राजस्व अनुसन्धान विभागले नक्कली बीजक बनाएर राजस्व छली गर्ने १ जना सहित १५ जना विरुद्ध मुद्धा दायर गरेको छ। सुनसरी इनरुवाका गोपालप्रसाद भट्टराईसहित १५ जनाविरुद्ध झण्डै तीन अर्ब बिगो र दोब्बर जरिबाना माग गर्दैै राजस्व अनुसन्धान विभागले अदातलमा मुद्धा दायर गरेको हो।

भट्टराईसहित १५ जनाविरुद्ध २ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो र त्यसको दुई गुणा जरिबाना तथा तीन वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गर्दै विभागले जिल्ला अदालत काठमाण्डौमा मुद्धा दायर गरेको हो। भट्टराईसहितका व्यक्तिहरुले अरुको नाममा विभिन्न ८ वटा फर्महरु दर्ता गराई राजस्व छलेर कारोबार गर्दै आएको विभागको दावी छ। भट्टराई र रिम्रध्वज कार्की मिलेर राज्यलाई अर्बौँको राजस्व छली गरेको विभागले दाबी गरेको छ।

यस्तैै फर्मको लेखा परीक्षण गर्ने जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथ नेपाललाई पनि पेसागत आचरण र मर्यादाविपरीत राजश्व छल्ने कार्यमा सहयोगी भई मतियारको काम गरेकाले आधा सजाय माग गरिएको छ। भट्टराई सुनसरी इनरुवा ९ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका ३ मा बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker