गाउँपालिका उपाध्यक्ष साउदद्वारा अवरुद्द खानेपानि सुुुचारु गर्न पहल

सिलामुल जयगढ खानेपानि लाईन सुचारु नहुदा समस्या कायमै

बान्नीगढि जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले अवरुद्द खानेपानी सुचारु गर्न पहल गर्नु भएको छ ।

जयगढ बजारमा सातादिन अघि देखि अवरुद्द रहेको खानेपानि सुचारु गर्न उहाले पहल गर्नु भएको हो ।

जयगढ बजारमा खानेपानिको हाँहाकार हुदा स्थानियलाई समस्या भएको बारे रेडियो बान्नीगढीले समाचार प्रसारण तथा प्रकाशन गरेसंगै खानेपानि व्यवस्थापनका लागी गाउपालिका र उपाध्यक्ष साउदले खानेपानि व्यवस्थापनका लागी चासो देखाउनु भएको हो ।

उपाध्यक्ष साउदको नेतृत्वमा गएको टोलिले छातासैन जयगढ खानेपानी पाईपलाईनको मर्मत गरेसंगै खानेपानि सुचारु भएको छ ।

छातासैन जयगढ खानेपानि सुचारु भएसंगै गैरी बजार,जयगढ बिच बजार र एक्ले सल्लामा पानिको समस्या हटेको छ र तर सिलामुल जयगढ खानेपानि सुचारु नहुदा रोड बजारका स्यानीयलाई भने समस्या कायमै रहेको छ ।

यसै बिच उपाध्यक्ष साउदले सिलामुल जयगढ खानेपानिको पाईपलाईनमा मर्मत भईसकेकाले रोड बजारमा पनि खानेपानि सुचारु हुने बताउनु भएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker