रेशम चौधरीलाई सिक्रीले बाँधेर उपचार गरिएको काम अमानवीय भएको भन्दै आलोचना

निलम्बनमा परको सांसद रेशम चौधरी बिरामी परेपछि वीर अस्पताल भर्ना गरिएको छ ।

सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद चौधरी काठमाण्डौको वीर अस्पताल भर्ना गरिएको छ । चौधरीलाई वीर अस्पतालमा खुट्टामा फलामको सिक्रीले बाँधेर उपचार गरिएको छ । सुरक्षाको कारण देखाउँदै प्रशासनले सिक्री बाँधेको बताएको छ । तर चौधरीलाई सिक्रीले बाँधेर उपचार गरिएको काम अमानवीय भएको भन्दै आलोचना भएको छ । कैदी जीवन बिताइरहेको भए पनि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाए पनि यस्तो अमानवीय व्यवहार देखाउन नहुने भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको चौधरीका भाइ मिठुलाल चौधरीले बताउनुभयो । चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गर्नुभएको थियो । बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको मिठुलाल चौधरीले बताउनुभयो । चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएको उहाँले जानकारी दिनुभयो ।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

 चौधरीलाई नेल लगाइएको प्रसंग का प्रतिक्रिया

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई वीर अस्पताल पुगेरै रेशम चौधरीलाई। भेट्नुदै उहाँले यो घटना मानव अधिकार र नियमसंगत नभएको भन्दै प्रशासनको आलोचना गर्नु भएको छ । चौधरीलाई भेट्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राखी, ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो रु आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका हुन् रु यो हर्कत तुरून्त बन्द गर ।’ यस्तो बताउनुभएको हो । उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker