पत्रकारको नाकको डाडी भाच्ने शब्दले चिनिने मेयर द्वारिकलालले १ महिनामा तिन पटक मागे माफी

इटहरीमा महिलाको अपमान हुनेगरी बोलेको भन्दै आलोचित इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै महिलाको भावनामा चोट पुगेकोमा मेयर चौधरीले माफी मागेका हुन्। पत्रकारको नाकको डाडी भाच्ने शब्दले चिनिने द्वारिकलालले १ महिनाको अबधीमा तेस्रो माथी मागि सकेका छन ।
विगत एक महिनामा जारी भएको यो उनको तेस्रो माफी विज्ञप्ती हो। इटहरीमा बढ्दो यौन धन्दालाई नरोकी समुन्नत नगर निर्माणको परिकल्पना अधुरो हुने बताउँदै चौधरीले आफूले बोलेको शब्दमा माफी मागेका हुन्। उनले महिलालाई अपमान हुने गरी ‘र।।डी’ जिन्दावाद भन्दै अभिव्यक्ति दिएका थिए। ‘महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु।’
विज्ञप्तिमा मेयर चौधरीले इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीको साथबिना सम्भव नहुने भन्दै सहयोगको लागि आग्रहसमेत गरेका छन्। उनले सार्वजनिक कार्यक्रममा महिलाको विषयमा दिएको अभिव्यक्तिको कारण चर्को आलोचना भएको थियो। यौन विकृती न्युनिकरण सम्बन्धी कार्यक्रममा उनले महिला वेश्यावृत्तिमा लागेको भन्दै आलोचना गरेका थिए। भ्रष्टाचार विरोधी गतिविधिमा राम्रो समर्थन पाएका उनले यो अभिव्यक्तिका कारण भने आलोचित हुनु परेको थियो। पत्रकारलाई कुट्ने धम्की दिएकोमा पनि उनको आलोचना भएको थियो। त्यो समयमा पनि उनले दुई पटक माफी माग्दै विज्ञप्ति सार्वजनिक गरेका थिए।sudurkhabar
क्याटेगोरी : मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस