अज्ञात रोगका कारण दर्नामा दर्जनौ बाख्रा मरे

हाल सम्म २० बाख्रा मरेको तथ्याँक

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा बाख्राहरुमा अज्ञात रोग देखिएको छ ।

अज्ञात रोगका कारण हाल सम्म २० वटा बाख्रा मरेका छन । राग लागेका कारण समयमै उपचार नपाउदा बाख्राहरु मरेका हुन ।

बाख्राहरु पखाला चल्ने, खोक्ने, पेट सुन्नीने, नाकबाट सिँगान बग्ने लगायतका लक्ष्मण देखिने गरेको स्थानिय खेमराज ओझाले बताउनुभयो । दर्नाको तोल्यान टोलमा ५,थाप्सामा ३ लुहारबाडा टोलमा ५,चण्डालीमा ५,काडाकोटमा २ वटा गरी २० वटा बाख्रा मेरका हुन ।

वडाका सबै टोलहरुका बाख्रामा यस्तो लक्षण देखिए पनि समयमै उपचार नपाउदा बाख्राहरु मरेका कृषकहरुले बताएका छन । समयमै उपचार नपाएका कारण बाख्राहरु मर्न थाले पनि गाउँपालिकाले कुनै पहल नगरेको भन्दै स्थानिय आक्रोशित बनेका छन ।

बाख्रा पालक कृषकहरुको समस्याका बिषयमा गाउँपालिका गम्भिर नबनेको कृषकहरुले बताएका छन ।

यसै बिच दर्नाका वडा अध्यक्ष कृष्ण बहादुर कडायतले भने पशु सेवा शाखामा कर्मचारीको अभाव हुदा समयमै उपचार गर्न समस्या भएको बताउनु भएको छ ।

कर्मचारीको अभावका कारण बाख्राको उपचार ढिलाई भएको बताउदै उहाले यस्तो समस्या आउन नदिन गाउँपालिकाले बिशेष चाँसो दिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker