अछामका स्थानिय तहमा योजना छनोट प्रक्रियामा ढिलाई

आउदो आर्थिक बर्षको योजना छनोटका लागी स्थानीय सरकारले जेष्ठ १५ गते सम्म चारवटा चरण पुरा गरिसक्नुपर्ने भए पनि अछामका स्थानिय तह भने यसबारे बेखवर देखिएका छन ।
स्थानिय तहको बार्षीक बजेट योजना तजुर्माका लागी ७ वटा चरण मध्य जेष्ठ १५ गते सम्म ४ वटा चरणहरु पुरा गरिसक्नुपर्ने प्रावधान छ तर अछामका स्थानिय तह भने यस बिषयमा बेखवर देखिएका हुन ।
जेठ १५ गते सम्म योजना छनोटका ४ वटा चरण पुरा गरिसक्नुपर्ने प्रावधान रहे पनि अछामका स्थानिय तहले भने हाल सम्म यी चरणहरु पुरा नगरेको देखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा पनि योजना छनोट प्रक्रियामा ढिलाई भईरहेको छ ।
पहिलो चरण अन्तर्गत गएको चैत मसान्त भित्रै बजेट सिलिङ प्रदेश सरकारलाई पठाइसक्नुपर्छ । तर, संघीय सरकारले समयमै आयव्यय प्रक्षेपण पठाउन सकेनन । दोस्रो चरणमा स्थानीय सरकारले आफूसँग भएको स्रोत तथा अनुमान बजेटको वैशाख १० गतेभित्रै तयारी गर्नुपर्छ ।
त्यसलगक्तै बस्ती तथा योजना छनोट कार्यत्रम सुरु गर्नुपर्छ । वैशाख मसान्तभित्रै बस्तीमै पुगेर विकासका योजना छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, पहिलो चरणको काममा पालिकाहरू उदासीन देखिएका कारण बस्तीस्तरको काम प्रभावित हुने देखिएको छ ।
बजेटको पूर्वतयारी नगरिए बस्तीका योजना कार्यान्वयनमा समस्या हुने र हचुवाका भरमा योजना छनोट हुन सक्ने सम्भावना देखिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस