दलित विद्यार्थीसंघ द्धारा कार्बाहीको माग गर्दै अपराध महासाखामा ज्ञापन पत्र पेश:फेशबुकका फुटेज सहित

जातीय खलल पुग्ने, अपच शब्द प्रयोग गर्नेलाई कार्बाहीको माग

दिनेश केशी
नेपाल दलित विद्यार्थीसंघ ले महानगरिय अपराध महासाखामा ज्ञपन पत्र पेश गरेको छ ।

नेपाली लोकदोहोरी गीत संगीतका एक हस्ती प्रकाश सपुत विश्वकर्माका का विरुद्ध सामाजिक सन्जालमा जातियता खलल पुग्ने, अपच शब्द प्रयोग गरेको प्रती सोमबार नेपाल दलित विद्यार्थी संघ केन्द्रिय समितीले दोषीलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

 

नेपालको संबिधान अनुसार कुनै पनि ब्याक्तीलाई निजको उत्पत्ति,जात,जाती,समुदाय पेशा व्यावसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजि तथा सार्वजानिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनि लेखिएको छ । यस्तै उत्पति जात,जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने,जात जाति वा छुवाछूतको आधारमा सामाजिक भेद्भावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाईने छैन । यदि यसो गरेको खन्डमा नेपालको संविधानमा दाषीलाई भेदभावजन्य कार्य गम्भीर सामाजीक अपराधका रुपमा कानूनबमोजिम दण्डनिय हुने र पिडित ब्यक्तले कानून बमोजिम क्षतिपूर्ति पाउने व्यावस्था छ ।

गल्ती गरे कानूनी बाटो हुँदाहुदै प्रकास सपुतका विरुद्ध गितको विषयलाई लिएर सामाजिक सन्जाल फेशबूकमा अपच शव्द प्रयोग गर्नेलाई कार्वाहीको माग सहित आज ज्ञापन पत्र बुझाईएको हो । केहि समय अघि प्रकाश सपुत विश्वकर्माको ‘गलवन्दी’ नामक गित वजारमा आएको थियो र गलबन्दी गीतले नेपाली सांंगीतिक क्षेत्रमा निकै चर्चा तताएको छ । पछि उक्त गीत गायक शम्भु राईको पुरानो ‘भैलेनी’ संग मिल्न गई अहिले उक्त गीत विवादित बनेको छ ।

उक्त गीत विवादित बने संगै फेशबुकमा सन्जिव राई कान्छा, सुवाश मंगोल, राखल मगर नाम लेखेका ब्यक्तीले सामाजिक सञ्जाल फेशबुक मा जातियता खलल पुग्ने अपच शब्द प्रयोग गरी स्टाटस लेखेकाले उक्त ब्यक्तीहरुलाइ पक्राउ गरि कानुन बमोजिम कार्वाही गरी पाउँ भनि सामाजिक सञ्जालमा लेखिएका अपच शब्दका फुटेज सहित नेपाल दलित विद्यार्थीसंघका केन्द्रिय अध्यक्ष विर बःबिक,उपाध्यक्ष एवंम प्रवक्ता मंगल नेपाली,दलित अधिकारकर्मी कर्ण विक,दिपेन सेन्चुरी को हस्ताक्षरित ज्ञापन पत्र आज महानगरिय अपराध महासाखामा काठमान्डौमा पेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker