महिलाका ज्यानै लिने छाउपडि गोठ भत्काउन बालक्वलव सक्रीय

अछामको बान्नीगढी जयगढ गाउँपालीका वडा नम्बर ६ दर्नाका बालबालीकाहरु छाउपडि कुप्रथा अन्त्यका लागि सक्रीय भएका छन ।
छाउपडि कुप्रथा जस्ता कुसंस्कारका कारण विभिन्न विकासका काममा अवरोध हुने भएपछि बालबालीकाहरु नै यसको नियन्त्रणमा सक्रीय भएका हुन् ।
उनीहरुले बालक्लव मार्फत अभियान नै संचालन गरेर जनचेतनामुलक कार्यक्रमका साथै वडामा रहेका छाउपडि गोठ भत्काउने कामलाई तीव्रता दीएका छन । अभीयान अन्र्तगत उनीहरुले आज वडा नम्बर ६ को पन्साली टोलमा रहेका ५ वटा गोठ भत्काएका छन ।
स्थानीय सृजनसिल बालक्लवको आयोजनामा पन्सालीमा गठीत सुवासील बालक्लव र समता बाल सञ्जाल दर्नाले स्थानीय बुद्धीजीवी र प्रहरीको सहायतामा छाउपडि गोठ भत्काएका हुन् ।
बालबालीकाहरुलाई विन्ध्याबासीनी माबिका प्रधानाध्यापक निर्प बहादुर रावत र प्रहर टोलीले समेत साथ दीएको थियो । यसअघी केही वृद्ध मानीसहरुको अवरोधका कारण भत्काउन नसकीएका गोठहरु आज क्लवहरुको संयुक्त सक्रियतामा भत्काईएको क्लवका अध्यक्ष विन्दु साउँदले बताउनुभयो ।
वडामा सक्रिय भएर समाजका कुरीती कुसंस्कारका बिरुद्ध लागेपनि स्थानिय सरकारलाई आवश्यक माग राख्दा कुनै सुनुवाई नभएको क्लवका पदाधिकारीहरुको गुनासो छ । बाल क्लवका पदाधीकारीहरुले कसैको सहयोग नमिले पनि यस्ता खालका अभियानमा निडर भएर नीरन्तर लाग्ने बताएका छन ।Ramaroshan today
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस