सामाजिक सन्जालमा जातीय विवेद भएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण

सामाजिक सञ्जालमा लेखिएका अपशब्दका फुटेज सहित

दिनेश केशी

प्रकाश सपुतको ‘गलवन्दी’ गितको विषयलाई लिएर सामाजिक सन्जाल फेशबूकमा जातीय भेदभाव हुने अप शब्द प्रयोग गरेको भन्दै कार्बाहीको माग गर्दै राष्टिय दलित आयोगले ध्यानाकर्षण गराएको छ ।

सामाजिक सन्जाल फेशबूकमा अपशब्द प्रयोग गर्ने सुवास मंगोल,सन्जिव राई कान्छा, लाई छिट्टै कानुनि कार्बाहीको माग सहित मंगलबार गृह मन्त्रालयमा राष्टिय दलित आयोगले ध्यान आकर्षण गराएको छ ।

मंगलबार गृह मन्त्रालयमा पेश गरेको ध्यानआकर्षणमा उल्लेख गरिएको छ पछिल्लो समय सामाजिक सन्जालमा सुवास मंगोल र सन्जिव कान्छा राईको नामबाट आम दलित समुदायलाई लक्षित गरि जातीय भेदभाव हुने गरी घृणामा आधारित विचारको प्रचारप्रसार गरी सार्वजनिक रुपमा अपमान गरेको र यस विषयमा प्रतिनिधि सभामा समेत माननिय मिन बः विश्वकर्माले सभामुख मार्फत नेपालसरकारको ध्यानाकर्षण गराईसक्नु भएको सन्दर्भमा यस आयोगको पनि ध्यानाकर्षण भएको छ ।

सो सन्द्रभमा सिंगो दलित समुदायलाईनै लक्षित गरी सामाजिक सन्जालमा दिएको अभिव्यक्ति जातिय द्धेय फैलाउने तथा जातिय विभेदजन्य कार्य नेपालको संविधान र जातीय तथा अन्य सामाजिक छुवाछुत भेदभाव कसुर र सजाय ऐन ,२०६८ समेतको विरद्धमा भएकाले सामाजिक सन्जालमा सुवास मंगोल र सन्जिव राई कान्छा आईडि को नाम बाट उक्त अभिव्यक्ति दिने व्यक्तिहरुको यथाशिघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।

नेपालको संबिधान अनुसार कुनै पनि ब्याक्तीलाई निजको उत्पत्ति,जात,जाती,समुदाय पेशा व्यावसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजि तथा सार्वजानिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनि लेखिएको छ । यस्तै उत्पति जात,जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने,जात जाति वा छुवाछूतको आधारमा सामाजिक भेद्भावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाईने छैन । यदि यसो गरेको खन्डमा नेपालको संविधानमा दाषीलाई भेदभावजन्य कार्य गम्भीर सामाजीक अपराधका रुपमा कानूनबमोजिम दण्डनिय हुने र पिडित ब्यक्तले कानून बमोजिम क्षतिपूर्ति पाउने व्यावस्था छ ।

सामाजिक सञ्जाल फेशबुक मा जातियता खलल पुग्ने अपशब्द प्रयोग गरी स्टाटस लेखेकाले उक्त ब्यक्तीहरुलाइ पक्राउ गरि कानुन बमोजिम कार्वाही गरी पाउँ भनि सामाजिक सञ्जालमा लेखिएका अपशब्दका फुटेज सहित नेपाल दलित विद्यार्थीसंघका केन्द्रिय अध्यक्ष विर बःबिक,उपाध्यक्ष एवंम प्रवक्ता मंगल नेपाली,दलित अधिकारकर्मी कर्ण विक,दिपेन सेन्चुरी को हस्ताक्षरित ज्ञापन पत्र ९ गते सोमबार महानगरिय अपराध महासाखामा काठमान्डौमा पेश गरिएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker