पोखरामा प्रदेश स्तरीय युवा सम्मेलन हुदै

नेपाल युवा परिषदको आयोजानामा गण्डकी प्रदेशमै पहिलोपटक हुन लागेको प्रदेश युवा सम्मेलनको तयारी तिब्र पारिएको छ ।

युवाहरुको क्षेत्रमा सक्रिय रहँदै आएको नेपाल युवा परिषदले गण्डकी प्रदेशमा असार १३ र १४ गते पोखरामा प्रदेश स्तरीय युवा सम्मेलन आयोजना गरेको छ ।

उक्त सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुको उपस्थित रहनेछ । गण्डकी प्रदेशमै पहिलो पटक हुन लागेको यो सम्मेलनमा १८ देखि ३० वर्ष समूहका करिब २ सय युवाको सहभागिता रहने नेपाल युवा परिषद गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले आज पत्रकार सम्मेलन गरि जानकारी दिईन् ।

आयोजकका अनुसार युवा सम्मेलनमा युवा उद्यमशिलता,जलबायु परिबर्तन,युवा र राजनीति,युवा र दिगो बिकासका लक्षहरु,युथ एक्सचेन्ज लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया हुने छ ।

साथै उक्त कार्यक्रममा प्रदेश नम्बर १ का करिब २ दर्जन युवा सहभागी हुने जनाइएको छ । पोखरा फेवा मार्ग स्थित शान्ति नगर बैंक्युटमा शुक्रबार बिहान १० बजे देखि सुरु हुने कार्यक्रममा भिजिट नेपाल २०२० लाई प्रबर्धन गर्ने गरि युवा र पर्यटन बिषयमा समेत छलफल हुने छ ।

दुई दिनसम्म हुने सम्मेलनमा प्रत्येक जिल्लाबाट सहभागिता जनाउने युवाहरुले आआफ्नो जिल्लाका बारेमा सबैलाई जानकारिदिने कार्ययोजना सहितको प्रस्तुत गर्ने छन् । सहभागिहरुले आफ्नो जिल्लाको पहिचान झल्काउने खालको सहित पहिलो दिनमा सांस्कृतिक साझको पनि आयोजना गरिएको छ जहाँ सहभागिहरु प्रस्तुति पनि दिनेछन् ।

साथै उक्त सम्मेलनमा सामाजिक बिकास मन्त्रालय,उद्योग बन तथा बाताबरण मन्त्रालय लगायत अन्य संघ संस्थाको समेत सहकार्य रहेको छ । हाल सम्म ५२ वटा जिल्ला र सातै वटा प्रदेशमा आफ्नो सक्रिय उपस्थिति देखाइसकेको यो संस्थाले युवाहरुमा नेतृत्वदायी भूमिका बिकास गर्दै सामाजिक परिबर्तनमा युवा अग्रसरतालाई जोड दिंदै आएको छ ।

नेपालको कुल जनसख्याको ४० प्रतिशत हिंसा ओगटेको युवा जमातले नेतृत्वदायि भुमिकामा आउन आवश्यक देखिन्छ, तब मात्र केहि परिवर्तन आउन सक्छ । युवा परिवर्तको सम्वाहक हो भन्ने नाराका साथ काम गदै आईरहेको नेपाल युवा परिषदले यस बर्ष नेपालका ७ ओटै प्रदेशमा प्रदेश युवा सम्मेलन गर्न जर्मर्को गरिरहेको छ प्रदेश संयोजक मोनिका रानाभाटले जानकारी दिइन ।

यो भन्दा पहिला गएको वर्ष गण्डकी प्रदेशमा युएनडिपि नेपालको सहकार्यमा एसडिजि फेस्टिभल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ति गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न नेपाल युवा परिषदले कार्य गदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker