आर्थिक अवस्था कमजोर भएका विद्यार्थि लाई वाक नेपालद्धारा १० हजार सहयोग

बान्नीगढी जयगढ गाउँपालिका आर्थिक अवस्था कमजोर भएका विद्यार्थि लाई १० हजार सहयोग गरीएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैन र वडा नम्वर १ गाज्राका आर्थिक अवस्था कमजोर भएका १२ जना विद्यार्थिहरु लाई आर्थिक सहयोग गरीएको हो ।

बिगत लामो समय देखी अछाम जिल्लाका बिकट बस्तीहरुमा बिभिन्न रचनात्मक काम गर्दै आईरहेकोगैरसरकारी संस्था वाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित युवा स–शक्तिकरण बुलगारी परीयोजनाले शैक्षिक बृत्त सहयोग रकम उपलव्ध गराएको हो । संस्थाले बिशेषगरी आर्थिक अवस्तथा कमजोर भएका कारण शिक्षा बाट बञ्चीत नहुन र उज्जवल भबिष्य तर्फ विद्यार्थिहरु लाई सहयोग गर्दै आईरहेको छ ।

जस अन्र्तगत आज तिमिल्सैन र गाज्रामा एक कार्यक्रमका बिच उक्त सहयोग रकम उपलब्ध गराईएको हो । पहिलो किस्ता बाफत संस्थाले ६ हजार उपलव्ध गराएको छ भने बाँकी रहेको रकम अर्को किस्तामा उपलव्ध गराउने वाक नेपाल बुलगारी परियोजनाका बिकास सुपरिवेक्षक माहादेव ओझाले जानकारी दिनुभएको छ ।

सहयोग रकम पाउनेमा तिमिल्सैनको अलक नन्दा माद्यामिक विद्यालयमा अध्ययनरत राकेश ओड,अबिशेक ठकुल्ला,सरस्वती परियार, भुवना जैशि,पुजा आउजी, दिपिका ठकुल्ला रहेका छन गाज्राको राष्ट्रभाषा माद्यामिक विद्यालयमा अध्ययनरत चादनी खड्का, एलिसा खड्का, आशा तिरुवा,सर्मिला बिक, तारा कडारा र टंकेश्वरी खड्काले पहिलो किस्ता बाफतको ६ हजार रकम पाएका हुन । तिमिल्सैनको अलकनन्दा माद्यामिक विद्यालयमा आर्थिक सहयोग बाफतको रकम पाएका विद्यार्थिका अबिभावकहरु संग छलफल समेत गरीएको थियो ।

छलफलका क्रममा आफुहरुको साहारा बनेको भन्दै संस्था लाई अबिभावक र विद्यार्थिहरुले धन्यवाद दिएका थिए भने कार्यक्रममा बोल्दै वडा अध्यक्ष कर्ण ठकुल्लाले संस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई सहयोग गरेर राहात महशुस गराएको भन्दै संस्थाले गरेको कामको प्रसंसा गर्नुभएको थियो । उहाँले संस्थाले उपलव्ध गराएको सानो रकमले भाली आत्मनिर्भर बन्न सक्ने कुरामा जोड दिदै रममको सही सदुपयोग गरीदिन र शिक्षामा बिशेष जोड दिनु अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker